`निर्णायक तहमा सहभागी भएपनि महिला आफै निर्णय गर्नभने बञ्चित´

केन्द्रभाग मिडिया

oplus_0

पाेखरा ।
महिलाको निर्णायक तहमा सहभागीता भएपनि निर्णय गर्ने भूमिकाबाट भने बञ्चित रहेकाे एक कार्यक्रमका सहभागीले बताएका छन् ।  पाेखरामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले आयाेजना गरेकाे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको भूमिका विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रियात्मक गाेष्ठीमा सहभागीहरूले यस्ताे बताएका हुन् ।

उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव डा. राजन भट्टराईले समाज रूपान्तरणमा महिलाकाे भूमिका सशक्त रहेकाे बताए । महिला सहभागीता र नेतृत्वमा भएका काम पारदर्शी देखिएकाे उनकाे भनाई छ । विभिन्न कारणले आत्मविश्वासमा अझैबृद्धि हुनेक्रममा रहेकाे उनकाे भनाइ छ ।

खानेपानीकाे समस्या ठूलै समस्या रहेकाे सूनाएका उनले पँधेराेबाट पानी बाेक्ने अवस्थाबाट एक घर एक धाराको अबधाराणामा आउँदापनि समस्य रहेकाे बताए । खानेपानीको माग दिनानुदिन बढ्दै गएकाे उनकाे भनाइ थियाे ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्य कार्यालय पाेखराका प्रमुख पदम कुँवरले  संबिधानले नै महिला सहभागीतालाई सुनिश्चित गरेकाे भएपनि व्यहारिक र  हुनुपर्ने धारणा राखे । निर्णायक भूमिकामा सहभागीता चाहिएको उनले बताए ।

स्वास्थ्य निर्देशनालय गण्डकीका खानेपानी गुणस्तर स्राेत व्याक्ति सुशीला कार्कीले महिलाहरू निर्णायक तहमा पुर्याएकाे भएपनि निर्णय प्रक्रिया निर्णायक भूमिका खेल्न नपाएकाे अनुभव सुनाइन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले याे कार्यक्रम सातवटै पर्देशमा कार्यक्रम गरिने जानकारी दिए ।

 

 

  • ८ माघ २०८१, मंगलवार १४:२१ प्रकाशित