राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।
संघीय संसदका दुबै सदनको बठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही १८ माघमको शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

सरकारले संसदको अधिवशेन बोलाउन नचाहेको भन्दै विपक्षी दलहरुले आलोना गर्दै आएको बेला मन्त्रिपरिषद्को बैठकले यही ७ माघमा अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो ।

सिफारिसका आधारमा राष्ट्रपतिले १८ माघमाको शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • ८ माघ २०८१, मंगलवार १२:१५ प्रकाशित