आज एमाले सचिवालय बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बेलुका ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी)जारी गर्ने तयारी गरेको छ । साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।

  • ८ माघ २०८१, मंगलवार ०९:०४ प्रकाशित