पोखरा ।
पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।
सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल थापाले जितेका छन् ।जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे ।
द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर २६१८५ का सुमन श्रेष्ठलाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर १६२९२ का प्रविन गुरुङलाई परेको छ ।
सान्तोना पुरस्कार १३ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।
२ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४६ हजार कुपनबाट १६ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानेको बताए ।
१६ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।















