मुम्बई ।
भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ नेपाली पाइलट सहित दुई जनाको ज्यान गएको छ । दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन ।
शनिबार उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।
प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।














