बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी पक्राउ

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।

मुम्बई पुलिसले बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ। बिहीबार खानमाथि उनकै बान्द्रस्थित निवासमा चक्कु प्रहार भएको थियो ।

आरोपीलाई आइतबार बिहान ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । मुम्बई प्रहरीले यो घटना मोहम्मद आलियान उर्फ ​​बीजेले गराएको दाबी गरेको छ। पक्राउ पर्ने डरले, आरोपीले पहिले आफूलाई विजय दासको रूपमा चिनाएका थिए।

बिहान ३:३० बजे आरोपीलाई सोधपुछको लागि बान्द्रा प्रहरी चौकीमा लगिएको थियो भने आइतबार नै अभियुक्तलाई अदालतमा पेस गरिनेछ ।

यसैबिच प्रहरीले पत्रकार सम्मेलनमार्फत खानमाथि चक्कु प्रहार भएको घटनाका आरोपी बंगलादेशी नागरिक भएको हुनसक्ने जनाएको छ ।

  • ६ माघ २०८१, आईतवार १०:३८ प्रकाशित