साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ९३ पैसा र बिक्री दर ३८ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।

  • ६ माघ २०८१, आईतवार ०९:५३ प्रकाशित