पोखरा ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आन्शिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महासशाखाका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।















