पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ ।
आज डलर एकको खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ९२ पैसा र बिक्री दर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा रहेको छ ।
















