रविको सुतिरहेको फोटो खिच्ने निकोलस भुसाललाई आज अदालत पेस लगिदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।

बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । डा भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।

उनीबिरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ । भुषाललाई बयानका लागी आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिएका छन् ।

  • ४ माघ २०८१, शुक्रबार ०९:४३ प्रकाशित