राष्ट्रपति द्वारा चार वटा अध्यादेश जारी, एउटा अध्यादेश रोकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सोमबार उनले विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण ( पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भूमिसम्बन्धी भने आज जारी भएन । मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश सिफारिस गरेको थियो । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेको छ ।

  • २९ पुष २०८१, सोमबार १८:५० प्रकाशित