पोखरा विमानस्थललाई चलायनमान बनाउन चीन प्रतिवद्ध छ : परराष्ट्रमन्त्री राणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा। आरजु राणा पनि थिइन् । त्यसक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको मन्त्री राणाले जानकारी दिइन् ।

‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् ।

  • २९ पुष २०८१, सोमबार १५:४९ प्रकाशित