काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर चलाइएका हल्लामा सत्यता नरहेको बताएक छन् ।
सोमबार बिहान नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसंग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफूले कुनै दल फुटाउने र मिलाउने काममा नलागेको भन्दै उनले झूठो र नकारात्मकता फैलाइएको उनको भनाई थियो ।
उनले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको दाबी गरे । ‘हामी १०–५ को जागिर खान आएका होइनौं, देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति काम हुुन्छ ।
लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने ।