माओवादी केन्द्रको बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार माघ २ गते बैठक बस्नेछ ।

‘नेताहरूको जिम्मेवारी बाँडफाँट गर्नुपर्नेछ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित बनाएर खटाउने विषयमा गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको हो’, शर्माले भने ।

मङ्सिर २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले सबै नेताहरू जिम्मेवारी दिने निर्णय गरेको थियो ।

  • २९ पुष २०८१, सोमबार १४:१५ प्रकाशित