पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ ।
आज युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा बिक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा थियो। यस्तै आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा थियो ।
डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ७० पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ६५ पैसा र बिक्री दर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।