रास्वपा सभापति लामिछाने माथि आजदेखि थुनछेक बहस सुरु हुँदै

केन्द्रभाग मिडिया

फाइल तस्बिर

 

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछामाथि आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज १० बजे इजलासमा उपस्थित गराउने गरी हिजो न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो ।

लामिछानेमाथि हिजो बयान सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई हिरासतमा पठाइएको थियो । थुनछेक बहस नसकिँदासम्म लामिछाने जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने छन् ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत २ कार्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार ६५ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका थिए । कास्कीबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हिजो काठमाडौं अदालतमा उपस्थित भएका थिए ।

  • २९ पुष २०८१, सोमबार ०८:५७ प्रकाशित