पोखरा ।
लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ । १८ पुसदेखि जारी महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडि बढेको आयोजक लेखनाथ उद्योग वािणज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
उनले भने, ‘महोत्सवको एघारौं दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ, दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।’ महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राखेको पाईएको उनको घनाई छ ।
समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको भन्दै महोत्सवका सहसंयोजक राजेन्द्र ओझलाले भने “बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागी मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको छ । महोत्सव अन्त्यतिर आईपुग्दा धेरै उत्साहजनक नै छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ ।” आयोजकलाई थप आगामी दिनका लागी समेत उर्जा थपेको भन्दै महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गर्नुहुने दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै सहसंयोजक ओझाले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको भनाईलाई थप पुष्टि गरेको दावी गरे ।
महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भटराईको भनाई रहेको छ । सुरुमा हामीहरुले करिव नौ करोड वरावरको आर्थीक कारोवार हुने अनुमान गरेपनि ११ औ दिनसम्ममा नै हामीहरु लक्ष्यको नजिक पुगेकाले महोत्सवले उच्च सफलता हात पार्नेमा विश्वस्त रहेको उनको भनाई रहेको छ ।
यसैविच आईतवार मात्र ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको र १ करोड १० लाख बरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म ६ करोड ९५ लाख बरावरको कारोवार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डले स्टेज तताएको थियो ।
सोमबार कलाकारहरु लोकदोहोरीतर्फ प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु) ले जानकारी दिएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।