पोखरा ।
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको अध्यक्षमा दीननाथ बराल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेकोे हो ।
कार्यसमितिको उपाध्यक्षमा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल, सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल चयन भएका छन् भने अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल चयन भएका हुन् ।
त्यसैगरी केन्द्रीय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर), पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली (राज) चयन भएका छन् ।
त्यस्तै प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, रामजी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देस श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम), सविना राना, लिलानाथ आचार्य, कृष्ण पोखरेल (शान्ति) चयन भएको निर्वाचन कमिटी संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए ।