अधिकांस ठाउँमा वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

  • २८ पुष २०८१, आईतवार ०७:०१ प्रकाशित