काठमाडौं ।
सहकारी सम्बन्धी अध्यादेश ल्याइसकेको सरकारले थप तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।
शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले भूमि, लगानी र सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, कानुन मन्त्री अजयकुमार चौरसिया लगायतले राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।
सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै आलोचना पनि हुँदै आएको छ ।