काठमाडौं ।
प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ । सुप्रिम बचत तथा ऋण सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताएका छन् ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाउन राय दिएको छ । सुप्रिमको रकम अपचलन गरेको आरोपमा रवि लामिछाने र छविलाल जोशीसँग बयान लिएको थियो ।