वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति (विश्वभक्त दुलाल) चयन भएका छन्।
यही पुस १९ देखि २१ गतेसम्म काठमाडौँमा सञ्चालन भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिको नेतृत्वमा संगठनको ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
पार्टीले बुधबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलन र त्यसपछि बसेको नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ।
आफ्नो पार्टीले समानान्तर सत्ताको आर्थिक, राजनीतिक र साँस्कृतीक अभ्यास गर्ने निर्णय गरेको आहुतिले बताए। उनले पार्टीले उठाएका सैद्धान्तिक र वैचारिक प्रश्नहरुलाई छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूमाझ बहस सञ्चालन गर्दै एकताबद्ध बनाउन पहल लिने निर्णय गरेको छ।
साथै क्रान्तिकारी शक्तीहरुकाबीचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाइमा संघर्षको उठान गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ।