काठमाडौँ ।
आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भरे पुग्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । उक्त बाध्यताको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।
शिक्षा पत्रकार सञ्जाल ९इजोन० ले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गरिएको बताएकी हुन् ।
त्यो पनि निःशुल्क रूपमा भर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र बनाउँदा समेत शुल्क लिने गरेको छ । त्यस्तै विद्यार्थीको रजिष्टेशनको नाममा समेत कक्षा ९ र ११ मा समेत शुल्क लिने गरेको छ । त्यति मात्र नभई त्यही शुल्कबाट नेपाल सरकारले समेत राजश्व उठाउने गरेको छ ।