सिरहा ।
पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको ज्यान गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका(८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको ज्यान गएको जिल्ला प्रहरी सिरहाले जनाएको हो ।
मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर ज्यान गएको उनका छोरा सलमानले बताए ।