पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घट्दा डलरको भाउ भने बढेको छ ।आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ । हिजो डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा थियो ।
यस्तै आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ६० पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा थियो । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८० पैसा छ । हिजो आज युरो एकको खरिदर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा थियो ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ६० पैसा र बिक्री दर ३७ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ ।