आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा छ । हिजो डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको थियो ।

यस्तै आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा छ । आज युरो एकको खरिदर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८ रुपैयाँ ७१ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ५४ पैसा र बिक्री दर ३७ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा रहेको छ ।

  • २४ पुष २०८१, बुधबार ०९:५० प्रकाशित