पोखरा ।
पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा वृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताए ।
उनले पोखरा महानगरपालिका २३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने भन्दै यस प्रचार प्रसारमा अझ लाग्न सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने बताए । उनले वृत चित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक क्षेत्रलाई समेटका कारण यस क्षेत्रको प्रचार प्रसारमा सहयोगी हुने उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका २३ का वडा अध्यक्ष रामकाजी गुरुङले वृत चित्रले वडा नम्बर २३ र २४ को केही भागको प्रचार प्रसारमा योगदान दिने बताए ।
कार्यक्रममा बिभिन्न बिधामा त्यस क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरेको थियो । सम्मानित हुनेमा टेकनाथ पराजुली, इश्वरी प्रसाद लामिछाने, अमित पराजुली, भक्तबहादुर गुरुङ, ममता दाहाल, सन्देश थापा र स्वामी निसेशान्दलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरीएको थियो ।
कार्यक्रममा हरीलाल पौडेलले कविता वाचन, जेष्ठ नागरीक मिलन केन्द्रले भजन प्रस्तुत गरेका थिए । मञ्चका अध्यक्ष प्राज्ञ गंगाधर तिमिल्सिनाले संस्थाले पोखरा २३ क्षेत्रको इतिहास, धार्मिक क्षेत्रका संरक्षण प्रर्वद्धनका काम लागेको भन्दै सबैका सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रमको सहजीकरण प्राज्ञगगाधर चपाइ र सचिब प्राज्ञ बिश्वनाथ पौडेलले गरेका थिए । विश्वस्वर पराजुली, आत्माराम गौतम र नारायण गौतमले संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए ।