सत्तारूढ दल नेकपा ९एमाले० को केन्द्रीय कमिटी बैठक सकिएको छ। गत आइतबार सुरु भएको बैठक मङ्गलबार सकिएको हो ।
बैठक विभिन्न महत्त्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ। ३ महिने अभियान सञ्चालन गर्ने निर्णय भएको नेता महेश बस्नेतले जानकारी दिए।
तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेका थिए। त्यसमाथि नेताहरूले आफ्नो धारणा राखेका थिए। धारणा राख्ने क्रममा नेताहरूले उठाएको सवालको जवाफ अध्यक्ष ओलीले दिएपछि बैठक सकिएको हो।
बैठकमा धेरै नेताहरूले नेतृत्वको शैली परिवर्तनसँगै बैठकको पूर्वसन्ध्यामा डा। भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही फिर्तालगायतका विषयमा सुझाव राखेका थिए।














