बझाङमा बाटोमै सुत्केरी भएकी महिला र बच्चाको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।

बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै ज्यान गएको छ ।

केदास्युँ गाउँपालिका–१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै ज्यान गएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको ज्यान गएको केदास्युँ गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए । उनकाअनुसार शिशुको पनि केही समयपछि ज्यान गएको थियो ।

  • २३ पुष २०८१, मंगलवार ०९:५४ प्रकाशित