तिब्बतको दिंगे कान्टी केन्द्रविन्दु, ७ म्याग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल-चीन सीमाना तिब्बत दिंगे कान्टीमा भूकम्पको केन्द्रविन्दु रहेको पुष्टि भएको छ । आज बिहान कास्की, काठमाडौंसहित देशका विभिन्न जिल्लामा भूकम्पको महसुस भएको थियो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।

  • २३ पुष २०८१, मंगलवार ०७:२९ प्रकाशित