एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ६४ जनाले राखे धारणा

केन्द्रभाग मिडिया

नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज पनि जारी रहेको छ ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ६४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको बताइएको छ।

यसैबीच नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन्।एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले चेपाङलाई पार्टी प्रवेश गराएका हुन्।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन्।

  • २२ पुष २०८१, सोमबार १६:३० प्रकाशित