गोरखामा लोकल रक्सीको ब्राण्डिङ

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखामा लोकल रक्सीको ब्राण्डिङ सुरु भएको छ । गोरखाका केही पालिकाले घरेलु मदिरा (लोकल रक्सी)को ब्राण्डिङ सुरु गरेका हुन् । गण्डकी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण सुरु गरिसकेको छ भने अजिरकोट गाउँपालिकाले पनि अन्तिम तयारीमा छ ।

गण्डकी गाउँपालिकाले ‘गण्डकी कोदोको रक्सी’ नाम दिएर स्थानीय बजारमा बिक्री वितरण सुरु गरेको हो । मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा पालिकाले महिला समूहलाई दिएको छ । हाल वडानम्बर २ को जलकन्यादेवी कृषक समूह र वडानम्बर ६ चिसापानीको महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङको काम गरिरहेका छन् ।

उनीहरुलाई पालिकाले आवश्यक तालिम र घरेलु मदिरा उत्पादनका लागि आवश्यक भाँडाकुडा वितरण गरेको हो । कोदो उत्पादन गरेर ती समूहमा बेच्नेलाई प्रतिकेजी ५ रुपैयाँ अनुदान रकम पालिकाबाट उपलब्ध हुदैँ आएको छ ।

  • २२ पुष २०८१, सोमबार १०:२३ प्रकाशित