पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा रहेको छ ।
युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७० रुपैयाँ १० पैसा र बिक्रीदर १७० रुपैयाँ ८५ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्री दर ३७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।
















