पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा तरकारीको भाउ सस्तिएको छ ।
पोखरामा आज रातो र सेतो आलु के.जीको ४० देखि ५० रुपैयाँमा मण्डीबाट किनबेच भएको छ । आज सानो गोलभेडाँ ३० देखि ३९ रुपैयाँ सम्म प्रति के।जी किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ५० रुपैयाँ देखि ६० रुपैयाँ सम्म किनबेच भएको छ ।
आज प्याज प्रति के.जी ७० देखि ८० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । गाजर १०० देखि १३० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३० देखि ४० रुपैयाँ छ ।बन्दा ४० देखि ५० रुपैयाँ के.जी छ ।

अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।














