पोखरा ।
स्याङ्जा घर वा माइत भई पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडानम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाको तर्फबाट तालिम प्रदान गर्न लागिएको बताए । महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दै उनले आगामी निर्वाचनमा पोखराका धेरै वडाहरूमा महिला अध्यक्ष आउनु पर्ने बताए ।
पोखरा महानगरमा कार्यरत कपिल गिरीले स्याङ्जाली दिदी बहिनी एकता समाजलाई प्रपोजल लेखन देखि सबै दिदी बहिनी अट्ने विधान बनाउन सहयोग गर्ने बताए । पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले समाजले एक आपसमा चिनजान सहित महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै मिडियाको तर्फबाट समाजले गरेर कार्यक्रममाहरुमा प्रचार प्रसारमा सक्दो सहयोग गर्ने बताए ।
लोकदोहोरी कलाकार एवं समाजका सल्लाहकार सिता केसी लगायतले बोलेको कार्यक्रममा सचिव सपना गिरी, कोषाध्यक्ष सन्तु पौडेलले प्रस्तुत गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरि सम्पन्न भएको छ । समाजका अध्यक्ष संगिता पाण्डेले ७ जना बाट सुरु गरेको समाजमा अहिले १ सय ३५ सदस्यीय भएको बताए । कार्यक्रममा आजीवन सदस्य भएका २१ जना लाई प्रमाण पत्र वितरण गरिएको थियो ।