पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली युवाहरुले विदेशमा पनि लगानी गर्ने कानूनी बाटो फुकाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा गण्डकी प्रदेशभित्रका जनप्रतिनिहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बिदेशमा पनि लगानी गर्ने कानूनी बाटो फुकाउन प्रधामन्त्री केपी शर्मा ओली सकारात्मक रहेको र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा र आफूहरु लागि परेको उनले उनले जानकारी दिए । यो कानूनी बाटो खोलिँदा देशभित्रै रोजगारीका अबसरहरु खुल्ने उनले दाबी गरे । पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले आफूले निर्वाचन अगाडि कीर्तिपुरमा गरेको भाषण समेत स्मरण गर्दै आफूले एउटा बहसको सिजर्ना गर्न चाहेको र त्यो बहस समेत भएको चर्चा समेत गरे ।
त्यही कूरालाई स्मरण गर्दै पोखरामा उनले भने, ‘मैले एउटा बहस सृजना गर्न चाहेको थिएँ त्यो बहस भयो । केही दिनमा नेपाल सरकारले केही कानून संसोधन गर्दैछ । नेपालमा काम गरिरहेका खासगरीकन सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका जतिपनि तन्नेरीहरु छन् । उनीहरु के भन्छन् । नेपालको कानूनको दफामा नेपालमा बसिरहेका हामी जस्ता काम गर्ने मान्छेले विदेशमा लगानी गर्न नपाउने भनेर जुन बन्देज लगाउनुभएको छ । यो कानून एउटा हटाइदिनुहोस अहिले भन्दा बसीबसीकन कम्तिमा पनि १० गुणा बढी सूचना प्रविधिको काम हामी नेपालमा ल्याउँछौ भनेका छन्’ उनले भने ।
https://www.facebook.com/Kendrabhag/videos/1523313775034974
महामन्त्री थापाले कीर्तिपुरमा आयोजित चुनावी सभामा ‘अहिले केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । मुठ्ठी कसेर मात्रै ती फिर्ता आउँदैनन्, भनेर मात्रै आउँदैनन् । कतारमा पाएकोभन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ,’ भनेका थिए ।
साथै उनले भनेका थिए ‘कीर्तिपुरलाई यस्तो नमुनाको नगर बनाउन सकिन्छ, जसको घरबाट निस्केका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यहीँ कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख आम्दानी गर्नेछन् भन्ने ती तन्नेरीहरू बनाउन सकिन्छ, कीर्तिपुरले बनाउँछ ।’