रुसका लागि श्रम स्वीकृति खुलाउन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले रुसका लागि श्रम स्वीकृति खुलाउन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष बद्री केसीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई शुक्रबार भेटेर श्रम स्वीकृति खुला गर्न आग्रह गरेका हुन् ।

केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई वर्षौँदेखि विभिन्न रोजगार, पेसा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गरेका हुन् ।

वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै एक वर्षअघि (२०८० पुस १९ मा) वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।

  • १९ पुष २०८१, शुक्रबार १७:१५ प्रकाशित