नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र बनाइएको छ ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी माघ २६ र २७ गते पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी तिव्र बताइएको हो ।  यसअघि पौष १९ र २० गतेको लागि तोकिएको महाधिवेसनको मिति सार्दै नयाँ मिति तोकिएको हो । महाधिवेशनको पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्धघाटन गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिएका छन् ।

अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुनेछन् । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएको छ ।

यससंगै प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य रुपमा छानिने छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता रहनेछ ।

अधिवेशन सम्पन्न गर्न पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अधिवेसन भव्य रुपमा सम्पन्न गर्न मुल आायेजक समितिका अलावा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ ।

उप समितिहरुमा अध्यक्ष एवं केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जनपरिचालन उपसमिति, केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति रहेका छन् ।

त्यसैगरी केन्द्रीय सदस्य शर्मिलादेवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गण्डकी प्रदेश प्रचार विभाग प्रमुख नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कास्की जिल्ला अध्यक्ष खड्ग हमालको संयोजकत्वमा खाना खाजा क्यवस्थापन उपसमिति, केन्द्रीय लेखा आयोगका सदस्य उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उपसमिति, पोखरा महानगर कमिटीका अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, पर्वत जिल्ला अध्यक्ष ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उपसमिति र कास्की जिल्ला उपाध्यक्ष पूर्ण लामाको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा कार्यलय सञ्चालन उपसमिति बनाईएको छ ।

जसको सदस्यहरुमा शर्मिला पौडेल, प्रेम प्रसाद पौडेल, खड्ग हमाल, मुक्ति पौडेल नवराज सुवेदी र ठाकुर शर्मा रहेका छन् । योसंगै सवै उपसमितिहरुलाई पूर्णता दिईसकिएको छ । प्रतिनिधि छनौट माघ १६ गते हुनेछ । अधिवेशनलाई भव्य, सभ्य तथा अनुशासित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु जुटेको र अधिवेसनको तयारी तिव्र पारिएको छ ।

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको प्रचार प्रसार उप समितका संयोजक नवराज सुवेदी,पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता तुलबहादुर गुरूङ, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव कृष्ण नेपाली लगायतले अधिवेशनको बारेमा जानकारी दिएका थिए ।

  • १९ पुष २०८१, शुक्रबार १४:५९ प्रकाशित