काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन चाहेको चर्चाका बीच प्रधामन्त्री एवं एमाले अध्यक्ष ओली र एमालेको पूर्व उपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति बीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ । दुई कार्यकाल राष्ट्रपति बनिसकेकी भण्डारी एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनलाई वर्तमान प्रधानमन्त्री ओलीले नै राष्ट्रपति बनाएका थिए ।