काठमाडौं ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको माझिटार भन्ने स्थानमा रहेको थियो । यसअघि १६ पुसमा बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी ५ पुसमा बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसैगरी ३ पुसमा बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।