‘माधवजी र म एकजुट हुने भइसकियो’ : वामदेव गौतम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् ।

बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि माधव र आफू एकजुट भएको बताए । उनले जुन दिन एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।

‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला’, उनले भने ।

यस्तै कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै गौतमले छिट्टै हुन सक्ने बताए । यस्तै भीम रावललाई समेट्ने विषयमा माधवलाई नै थाहा होला भन्ने जवाफ फर्काएका छन् । ।

  • १७ पुष २०८१, बुधबार १६:३७ प्रकाशित