प्रतिनिधिसभाका सचिव राईद्धारा शपथ ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधिसभाको सचिवमा नियुक्त हर्कराज राईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार सचिव नियुक्त राईलाई आज सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको पनि सहभागिता थियो ।सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि राईको नाम सिफारिस गरेका थिए ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

  • १७ पुष २०८१, बुधबार १४:४० प्रकाशित