पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु माथि मुद्दा नलागेको भएपनि बालेन्द्र साह देशको प्रधानमन्त्रीको स्वभाविक दाबेदार रहेको बताएका छन् । पोखरामा बुधबार पत्रकारसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौंका मेयर बालेन्द्र शाहले युवाहरुमा नयाँ परिवर्तनको झिल्को सल्काएको चर्चा गरे । उनले युवाको आन्दोलन पस्चात काठमाडौंका मेयर साहले देखाएको जिम्मेवारी, अन्य दलभन्दा बालेन्द्र साहलाई युवाले गरेको विस्वास र वर्तमान सरकार गठनमा पनि बालेन्द्रको समर्थनमा बनेको उनले उल्लेख गरे । मेयर साह युवाले सबैभन्दा रुचाएको पात्रको रुपमा पनि उनले चित्रण गरेका छन् । यी सबै हिसावले बालेन्द्र साह स्वभाविक रुपमा प्रधानमन्त्रीको दाबेदार रहेको उनको दाबी छ ।
आफू, बालेन्द्र साह र कुलमान घिसिङ मिल्दा राष्ट्रले उत्साहका रुपमा सेलिब्रेसन गरेको उनले तर्क गरे । नेपाली राजनीतिको सम्पूर्ण फोहोरलाई एकैपटक एकै झड्कामा फाल्न आँफूहरु मिलेको उनको दाबी छ । उनले आफूहरुको मिलनलाई भागबण्डा नभई जिम्मेवारी बाँडेको रुपमा बुझ्न समेत आग्रह गरे ।
उनले वर्तमान व्यवस्था भित्रै रहेको देशको अवस्था फेर्ने बताए । आफूलाई व्यवस्थाले नभएर व्यवस्था भित्रका खराव पात्रले विभिन्न झुट्ठा मुद्दा लगाए दुःख दिइएको उनको भनाई छ । ‘मलाई यो व्यवस्थाले जेल पठाएको होइन । यो व्यवस्था भित्रका केही पात्रले झुठा मुद्दा लगाएर चक्कर कटाएका हुन् ।’ उनले भने । व्यवस्थालाई बदनाम गराउन पार्टीलाई भर्ति बनाउने र सम्पूर्ण रुपमा राज्य दोहोन गर्ने काम भएकाले यसलाई आफूहरुले सुधाने उनको दाबी छ ।
साशकीय स्वरुपको विषयमा केही प्रश्न रहेको र संविधानमा सुधार गर्नुपर्ने कूरा धेरै रहेको उनले सुनाए । शासकीय स्वरुपका विषयमा धेरै नै छलफल र बहस जरुरी रहेको उनले धारणा राखे । उनले प्रदेश संरचनालाई अहिलेकै बोझिलो अवस्थामा नराखी यसको रेट्रोफिटिङ गर्नुपर्ने बताए ।















