कांग्रेसले बुझायो समानुपातिकतर्फको बन्दसूची

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची आयोगमा बुझाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएको कांग्रेस स्रोतले जनाएको छ ।निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।

कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन ।कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

  • १५ पुष २०८२, मंगलवार १२:५० प्रकाशित