काठमाडौं ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य खगेन्द्र कण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका छन् ।
रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा मधेसी क्लस्टरको २ नम्बरमा नाम परेपछि मंगलबार कर्णले नेपाली कांग्रेसबाट अलग्गिएको घोषणा गरेका हुन् ।
मधेसी पुरुषतर्फ दोस्रो नम्बरमा उनको नाम छ । रास्वपाको ११० सदस्यीय सूचीमा उनको नाम ८९ नम्बरमा छ ।
कांग्रेसको मान्छे रास्वपाबाट समानुपातिक सूचीमा परेकोबारे रातोपाटीको प्रश्नमा कर्णले कांग्रेसका क्रियाकलापमा पहिलाबाटै अलग रहेको तर घोषणा नगरेको बताए । रास्वपाको समानुपातिक सूचीमा परेपछि मंगलबार सार्वजनिक घोषणा गरेको कर्णले बताए ।















