काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
स्रोतका अनुसार कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी सहमति भएको हो । यस अगाडि रवि र बालेन बिच सहमति भएपनि कुलमानसंग भने सहमति हुन सकेको थिएन । सोमबार काठमाडौंमा उनीहरूबीच पुनः भएको छलफलमा सहमति जुटेको हो ।















