सेयर बजारमा दोहोरो अङ्कको गिरावट

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो दिन उत्साहमूलक वृद्धि देखिएको बजारमा देखिएको उत्साह कायम रहन नसक्दा आज परिसूचक १०.५३ अङ्कले घटेर २६२२.८८ विन्दुमा ओर्लिएको हो ।

आज दिनभर कुल ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद–बिक्री भएका छन् ।

यस क्रममा कुल ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ । यो दिन बजारमा करिब पौने ५ अर्बको कारोबार भएको छ, अघिल्लो दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

आजको कारोबारमा बजारमा मन्दी देखिँदा जम्मा ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

  • १४ पुष २०८२, सोमबार १६:१३ प्रकाशित