जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२ : ३० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिए ।

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।

त्यस्तै उनले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरेन जनाएका छन् ।

जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

  • १४ पुष २०८२, सोमबार १५:२७ प्रकाशित