काठमाडौं ।
उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो । काठमाडौंका मेयर बालेनसँग पक्षसँग एकता गर्न उनेपाले पहिलो प्राथमिकतामा राखेको थियो । बालेन रास्वपासँग मिलेपछि पनि त्रिपक्षीय संवाद भएका थिए ।
पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको हो । उनेपाका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएको हुँदा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको जानकारी गराए ।
थापाले भने, ‘एकता हुन सकेन । हामी हाम्रो दलबाट समानुपातिकका उम्मेदवार हुने नामहरु निश्चित गर्न लागिरहेका छौं ।’रास्वपासँग एकताका लागि हामी अत्यधिक भएर प्रस्तुत हुँदा पनि उक्त दलका सभापति रवि लामिछानेले एउटा शक्तिलाई अवमूल्यन गरेको हुँदा एकता टरेको उनेपाका एक केन्द्रीय सदस्यले बताए ।
रास्वपाबाट एक प्रकारले ‘पोलिटिकल ह्युमलिएसन’ भएको उनले बताए ।















