काठमाडौं ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेस गर्ने भएको छ । आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले आफ्नो तर्फबाट छुट्टै बन्दसूची बुझाउने भएको हो ।
निर्वाचन आयोगको क्लस्टर अनुसारअहिले नाम र लिस्ट मिले नमिलेको रुजु भइरहेको छ । ‘जसपा नेपाल र लोसपाबिच हिजो मात्र एकता गर्ने निर्णय भएको थियो । तर आज जसपा नेपालको मात्र समानुपातिक बन्दसूची
पठाएका छौँ’ सो पार्टीको केन्द्रीय कार्यालय निकट श्रोतले भनेको छ । दुई दलबिच एकता घोषणा बएपछि समायोजन लिस्ट बुझाउने श्रोतले जनाएको छ ।















